काठमाडौं । नेपाल स्टक एम्सचेञ्ज (नेप्से)ले भाेलिदेखि २ बाणिज्य बैंकको शेयर कारोबार रोक्का गर्ने भएकाे छ । नेपाल इन्भेष्मेण्ट बैंक र मेगा बैंक एक आपस मर्जर भएपछि पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएकाले २७ गतेदेखि कारोबार रोक्का हुने भएको हो ।
दुवै बैंकको मर्जर भएपछि पुस २७ गतेदेखि नेपाल इन्भेष्मेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुने भएको छ । नेप्सेले सोही क्रममा दुवै बैंकको शेयर कारोबार रोक्का गरेको छ । २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द गर्न लागेको बैंकले जनाएको छ ।