काठमाडौं । नेप्सेले महिला लघुवित्तको शेयर कारोबार राेक्का गरेको छ । कम्पनीले लाभांश घोषणाबारेको जानकारी नेप्सेमा गराए लगत्तै नेप्सेले कम्पनीको कारोबार रोक्का राखेको छ ।
कम्पनीले आज बिहान १०:३० बजे स्नाचालक समितिको बैठक राखेर कारोबार समयमा लाभांश बारेको जानकारी नेप्सेमा पठाएपछि नेप्सेले कारोबार रोकेको हो ।
समयमा सुचना नदिएर कम्पनीले धितोपत्र सुचीकरण नियमावलीको उल्लङ्घन गरेको भन्दै नेप्सेले कारोबार रोक्का गरेको छ । साथै कम्पनीलाई यसको जवाफ ३ दिन भित्र पठाउन समेत निर्देशन दिइएको छ ।
लाभांश बारेको सूचना कारोबार सुचारु हुन् अगावै जानकारी गराउनु पर्ने ब्यबस्था छ । कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ४७.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।



