images
images

सनराइज बैंकको शेयर कारोबार रोक्का, यस्तो छ कारण


  • 451
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    सनराइज बैंकको शेयर कारोबार रोक्का, यस्तो छ कारण

    काठमाडौं । नेप्सेले सनराइज बैंकको शेयर कारोबार रोक्का गरेको छ । सनराइज र लक्ष्मी बैंक आपसमा मर्जरमा जान लागेकाले सोही प्रयोजनका लागि नेप्सेले शेयर कारोबार रोक्का गरेको हो । 

    सोमवार दुई बैंकबिच सम्झौता सम्पन्न भएको छ । सो सम्झौता पत्रमा लक्ष्मी बैंकको तर्फबाट अध्यक्ष रमण नेपाल र सनराइज बैंकको तर्फबाट अध्यक्ष मोतीलाल दुगडले हस्ताक्षर गरेका छन् । दुई बैंकबीच डिडिए अनुसार स्वाप रेसियो कायम गर्ने सहमति भएको छ ।

    मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड पुग्ने भएको छ । हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रहेको छ भने सनराइज बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ । मर्जर पश्चात बैंकको पुँजीकोष ३३ अर्ब ३९ भन्दा बढि पुग्ने भएको छ । 


    images
    images

    Logo