काठमाडौं । प्रभु र सेञ्चुरी बैंकको एकिकृत कारोबार आजदेखि सुरु हुने भएको छ । यी दुबै बैंकले मर्जर गरेपश्चात आजबाट आजबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् ।
यी दुई बैंकबीच मंसिर २१ गते मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको थियो । सो सम्झौता अनुसार प्रभुले सेञ्चुरीलाई १ः१ रेसियोमा प्राप्ति गर्ने भएको छ । मर्जरपछि बन्ने बैंकको नाम प्रभु बैंक हुने भएको छ । सो नामबाट बैंकको एकिकृत कारोबार आजबाट सुरु हुन लागेको बैंकले जनाएको छ ।
यी दुई बैंकलाई नेपाल राष्ट्र बैंकले पुस १९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।दुबै बैंकले एकिकृत कारोबार प्रयोजनका लागि पुस २२ गते राति १० बजेदेखि पुस २६ गते बिहान ९ः४५ बजेसम्म दुवै बैंकको सम्पूर्ण शाखाबाट प्रदान गरिने बैंकिङ सेवाहरु बन्द गरेका छन् ।
मर्जरपछि बैंकको सीईओमा अशोक शेरचनले हुने भएका छन् त्यसैगरि सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने डेपुटी सीईओ हुने सम्झौता भएको छ । मर्जरपछि प्रभु बैंकको कुल सम्पती ३ खर्ब ४० अर्ब रुपैयाँ हुनेछ भने चुक्ता पुँजी २३ अर्ब माथि पुग्नेछ ।
त्यस्तै, कुल निक्षेप २ खर्ब ८४ अर्ब रुपैयाँ हुनेछ भने ऋण २ खर्ब ५३ अर्ब रुपैयाँ हुनेछ । त्यस्तै मर्जरपछि बैंकको शाखा सञ्चाल ३ सय ६५ मथि रहनेछ भने ग्राहाक संख्या ३० माथि रहनेछ । बैंकको केन्द्रिय कार्यालय प्रभु बैंकको हालको केन्द्रिय कार्यालयलाई तोकिएको छ ।
एकीकृत कारोबार गर्ने भएकोले सेञ्चुरी बैंकले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि आजदेखि शेयर कारोबार पनि बन्द हुने जनाएको छ ।



