काठमाडौं । आज ५ कम्पनीको साधारणसभा हुँदैछ । मंगलवार लुम्बिनी विकास बैंक, त्रिशुली जलविद्युत कम्पनी, मैलुङ खोला जलविद्युत कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र नबिल इन्भेष्टमेन्ट बैंकिङले साधारण सभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा लुम्बिनी विकास बैंकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागिसमेत ९ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, ३ सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डा राखेको छ ।
त्यस्तै, त्रिशुली जलविद्युत कम्पनीले आम्रपाली भोज, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ ।
मैलुङ खोला जलविद्युत कम्पनीले लैनचौर भोज, लैनचौर, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले वित्तीय हाइलाइटहरू प्रस्तुत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ ।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले अर्पण भोज, थापागाउँ, नयाँवनेश्वरमा बिहान १० बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, निर्देशकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ ।
त्यस्तै, नबिल इन्भेष्टमेन्ट बैंकिङले सेन्ट्रल प्लाजा, नक्साल, काठमाडौं बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा वित्तीय हाइलाइटहरू प्रस्तुत गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतको रहेको छ ।



