काठमाडौं । नेपाल राष्ट्र बैंकको विकास ऋणपत्र नेप्सेमा सुचीकृत भएको छ । सोमबार राष्ट्र बैंकको १५ अर्ब रुपैयाँ बराबरको ३ वटा ऋणपत्र नेप्सेमा सुचीकृत भएको हो ।
राष्ट्र बैंकको २ वर्षे अवधि तथा १०.६४ प्रतिशत ब्याजदर भएको ८ अर्ब रुपैयाँको ‘२०८१ छ’ नामक ऋणपत्र, ३ वर्षे अवधि तथा १० प्रतिशत ब्याजदर भएको २ अर्ब रुपैयाँको ‘२०८२ छ’ नामक ऋणपत्र र ४ वर्षे अवधि तथा १०.९३ प्रतिशत ब्याजदर भएको ५ अर्ब रुपैयाँको ‘२०८३ ज’ नामक ऋणपत्र सूचिकृत भएको हो ।