images
images

नेप्सेमा ४६ अंकको उछाल, कारोवार ५ अर्ब माथि


  • 322
    SHARES
  • २०७९ पौष २५ गते सोमबार

    नेप्सेमा ४६ अंकको उछाल, कारोवार ५ अर्ब माथि

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७६ अंकले बढेको छ । साताको दोस्रो दिन नेप्सेमा १ करोड ४६ लाख ७६ हजार २०६ सेयर ५ अर्ब ३१ अर्ब ४३ लाख ७ हजार ८५३ दशमलव ४३ रुपैयाँमा कारोवार भएको हो । 

    आज कारोवारमा आएका २१० कम्पनीमध्ये १७३ को शेयर मूल्य बढेको, ३१ को घटेको छ भने ६ वटाको स्थिर रहेको छ । १३ मध्ये १२ उपसमूहको सूचक बढेको छ भने १ उपसमूहको सूचक घटेको छ । 

    नेप्सेका अनुसार आज कारोवारमा आएका ८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीमा वरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, जोशी हाइड्रोपावर, यूनियन हाइड्रोपावर, सिङ्गटी हाइड्रो इनर्जी, हिमालयन उर्जा र खप्तड लघुवित्त रहेका छन् । 

    आज सबैभन्दा धेरै शेयर कारोवार ङादी ग्रुप पावर लिमिटेडको भएको छ भने धेरै रकमको कारोवार रिडी पावर कम्पनीको भएको छ । 

    आजकाे काराेवारका आधारमा सेयरबजारकाे कुल बजार पुँजीकरण ६८ अर्बले बढेर ३१ खर्ब ९३ अर्ब पुगेकाे छ । 


    images
    images

    Logo