काठमाडौं । भोलिदेखि सेञ्चुरी कमर्सियल बैंकको शेयर कारोबार रोक्का हुने भएको छ । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक एक आपस मर्जर भएपछि पुस २६ गतेदेखि एकीकृत कारोबार गर्ने भएकाले २६ गतेदेखि कारोबार रोक्का हुने भएको हो ।
नेप्सेमा प्राप्त सुचना अनुसार सञ्चुरी कर्मशियल बैंकको शेयर कारोबार कति दिन बन्द गर्ने भन्ने खुलाएको छैन् । दुवै बैंक मर्जर भएपछि पुस २७ गतेबाट प्रभु बैंकको नामबाट कारोबार सुरु हुने छ ।
२६ गतेदेखि एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द गर्न लागेको बैंकले जनाएको छ ।