काठमाडौं । बुधवारदेखि २ बैंकको शेयर कारोबार रोक्का हुने भएको छ । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर कारोबार गर्ने भएको हो ।
मेगा र नेपाल इन्भेष्टमेन्ट बैंकले एक आपसमा मर्ज भएर पुस २७ गतेदेखि एकिकृत कारोबार गर्ने भएकाले २७ गतेदेखि शेयर कारोबार रोक्का हुुने भएको हो ।
मेगा बैंकको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । नेप्सेमा प्राप्त सूचना अनुसार इन्भेष्टमेन्ट बैंकले भने कति दिन बन्द गर्ने खुलाएको छैन ।
२७ गतेदेखि दुबै बैंकले एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि शेयर कारोबार बन्द गर्न लागेको बैंकले जनाएको छ ।