images
images

आज ३ बैंकको साधारणसभा हुँदै, कसले कति दिँदैछन् लाभांश ?


  • 599
    SHARES
  • २०७९ पौष २५ गते सोमबार

    आज ३ बैंकको साधारणसभा हुँदै, कसले कति दिँदैछन् लाभांश ?

    काठमाडौं । आज ३ वटा बैंकको साधारणसभा हुँदैछ । सोमवार एनएमबि बैंक, नेपाल एसबीआइ बैंक र शाइन रेसुङ्गाबैंकले साधारण सभा गर्न लागेका हुन् । 

    सभा घोषणा गरेका कम्पनीमा एनएमबि बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ९ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले  कर प्रयोजनका लागिसमेत ८.२५प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा राखेको छ । 

    त्यस्तै, नेपाल एसबीआइ बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा ३ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागिसमेत ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ । 

    शाइन रेसुङ्गाबैंकले ड्रीमल्याण्ड गोल्ड रिसोर्टमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले १३.३० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागिसमेत ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका एजेण्डा राखेको छ ।


    images
    images

    Logo