काठमाडौं । २ वटा बैंकले मर्जरमा जाने पक्का भएको छ । सोमवार सनराइज बैंक र लक्ष्मी बैंकले औपचारिक सम्झौता गर्ने भएका हुन् ।
दुई बैंकबीच डिडिए अनुसार स्वाप रेसियो कायम गर्ने सहमति भएको छ । मर्जरपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज बैंक हुने भएको छ । मर्जरपछि बैंकको अध्यक्ष र सीईओ दुवै लक्ष्मी बैंकले पाउने सहमति भएको छ ।
हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ। मर्जर पछि बैंकको चुक्त पुँजी २१ अर्ब ६६ करोड पुग्नेछ । त्यस्तै, लक्ष्मी बैंकको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ भने सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ।
नेपाल राष्ट्र बैंकले यी २ बैंकलाई लामो समयदेखि मर्जमा जान दबाब दिँदै आएको थियो ।