images
images

१३३ कम्पनीको शेयर मूल्य बढ्दा २० अंकले बढ्यो नेप्से, परिसुचक २१६४.४८ विन्दुमा 


  • 333
    SHARES
  • २०७९ पौष २४ गते आइतबार

    १३३ कम्पनीको शेयर मूल्य बढ्दा २० अंकले बढ्यो नेप्से, परिसुचक २१६४.४८ विन्दुमा 

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६८ अंकले बढेर २ हजार १ सय ६४ दशमलव ४८ विन्दुमा पुगेको छ । साताको पहिलो दिन आइतबार २ सय ५९ स्क्रिपको ५ अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ४१ लाख कित्ता शेयर किनबेच भएको छ । 

    आज कारोबारमा आएका १ सय ३३ कम्पनीको शेयर मूल्य बढेको छ । ७१ कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनी शेयर मूल्य स्थिर छ ।१३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

    आइतबार सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको २१ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १९ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १५ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज कारोबारमा आएका २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सकारात्मक सर्किट लाग्नेमा खप्तड लघुवित्त र बाराही हाइड्रोपावर रहेका छन् । त्यस्तै, ङादी ग्रुप पावरको ९.९३ प्रतिशतले बढेको छ । मनकामना स्मार्ट लघुवित्तको ९.५४ प्रतिशतले बढेको छ । यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावर, विन नेपाल लघुवित्त र श्रृजनशील लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

     


    images
    images

    Logo