images
images

सातामा ११४ अंकले बढ्यो नेप्से, आगामी साता के होला ? 


  • 384
    SHARES
  • २०७९ पौष २३ गते शनिबार

    सातामा ११४ अंकले बढ्यो नेप्से, आगामी साता के होला ? 

    काठमाडौं ।  यो साता सेयर बजारको परिसूचक नेप्से  ११४ अंकले बढेर  २ हजार १ सय ४३ दशमलव ९३ विन्दुमा पुगेको छ । साताका ५ कारोबार दिनमध्ये ४ दिने बजार बढेसँगै नेप्सेले सो बराबरको अंक कमाएको हो। 

    यस साता नेप्सेसँगै कुल बजार पूँजीकरण पनि बढेको छ। कुल बजार पूँजीकरण पनि साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। यस साता नेप्सेको कुल बजार पूँजीकरण १ खर्ब ६७ अर्ब रुपैयाँ बढेर ३१ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। 

    साताको पहिलो दिन आइतबार परिसूचक नेप्से १७.२६ अंकले बढेर २ हजार ४६ दशमलव २९ अंकमा पुगेको थियो ।  सो दिन ४ अर्ब ४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, १७.५६ अंकले बढेर २ हजार ६३ दशमलव ८३ विन्दुमा पुगेको थियो । सो दिन २ अर्ब ९३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । सोमबार नेप्से बढेपनि कारोबार रकम भने घटेको थियो । 

    त्यस्तै, साताको तेस्रो दिन मंगलबार ३.०३ अंकले घट्दा २ हजार ६१ दशमलव ६ विन्दुमा पुगेको थियो । सो दिन ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो भने बुधबार ६४ अंकले शेयर बजार बढेको थियो । 

    त्यस्तै, साताको अीन्तम दिन विहीबार १७.९२ अंकले बढेर २ हजार १ सय ४३ दशमलव ७६ विन्दुमा पुगेको थियो । सो दिन ५ अर्ब ४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    यस साता ५ कम्पनीको १ करोड २३ लाख ५९ हजार ५ सय ५९् कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता बाराही हाइड्रोपावरको आईपीओ, समृद्धि फाइनान्सको हकप्रद, बैंक अफ काठमाण्डू र डिप्रोक्स लघुवित्तको बोनस तथा एभरेष्ट बैंकको परिवर्तित अग्राधिकार शेयर नेप्सेमा सूचीकृत भएको हो।

    अर्थमन्त्री फेरिनु, बैंकिङ प्रणालीमा तरलता बढ्दै जानु र ब्याजदर घट्ने संकेतले लगानीकर्तामा सकारात्मक मनोबल बढ्दा समग्र बजार २ सातादेखि उल्लेख्य बढेको छ ।

     

     


    images
    images

    Logo