काठमाडौं । एलआईसी नेपालले हकप्रद निष्काशनका लागि नेपाल बीमा प्रधिकरणको सैद्धान्तिक स्वीकृति पाएको छ । शुक्रवार प्रधिकरणले सो कम्पनीलाई हकप्रद निष्काशनका लागि स्वीकृति दिएको हो ।
हकप्रद शेयर निष्काशनका प्रस्ताव पारितका लागि लागि माघ ३ गते गते विशेषण साधारण सभा बोलाएको छ । सो सभाले कम्पनीले ८८.४५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।
हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुग्नेछ ।