काठमाडौं । आत्मनिर्भर लघुवित्तले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। लघुवित्तले आईपीओ निष्काशनको लागि पुस १७ गते बोर्डको अनुमति पाएको हो ।
आत्मनिर्भर लघुवित्तले ६ करोड २३ लाख ३८ हजार बराबरको ६ लाख २३ हजार ३ सय ८० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आईपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराईज क्यापिटल रहेको छ ।