काठमाडौं । ६ कम्पनीको साधारणसभा आज हुँदैछ । शुक्रवार गरिमा विकास बैंक, नेपाल इन्स्योरेन्स, कालिञ्चोक दर्शन, इक्रा नेपाल, युनियन हाइड्रोपावर र चिलिमे हाइड्रोपावरले साधारण सभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा गरिमा विकास बैंकले होटल पोखरा ग्रान्डी, कास्कीमा बिहान १० बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले १३ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ ।
त्यस्तै, नेपाल इन्स्योरेन्सले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा ८ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागिसमेत ०।४२११ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका रहेका छन् ।
कालिञ्चोक दर्शनले दिउँसो ३ बजे बस्नेगरि सभा बोलाएको छ । यो कम्पनीले लगानीकर्तालाई कुनै लाभांश दिएको छैन । कम्पनीले लेखा परीक्षकको नियुक्ति गर्ने, साधारण सभाको कार्यविवरण प्रमाणीकरण गर्ने, प्रतिनिधि नियुक्त गर्ने लगायतका एजेण्डा राखेको छ ।
इक्रा नेपालले अलफ्ट काठमाडौं, ठमेलमा दिउँसो २ बजे बस्नेगरि सभा बोलाएको छ । उक्त सभाले कम्पनीले प्रस्ताव गरेको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५२.१७१३ नगद लाभांश पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा पारित गर्नेछ ।
त्यस्तै, युनियन हाइड्रोपावरले सिद्धार्थ कुटीज, धोबीघाट, ललितपुरमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा लेखा परीक्षकको नियुक्ति गर्ने, कम्पनीको वित्तीय हाइलाइटहरू प्रस्तुत गर्ने लगायतका रहेका छन् ।
चिलिमे हाइड्रोपावरले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले ७.५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ७.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ ।



