काठमाडौं । साताको अन्तिम दिन विहीबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.९२ अंकले बढेर २ हजार १ सय ४३ दशमलव ७६ विन्दुमा पुगेको छ ।
विहीबार २ सय ५९ स्क्रिपको ५ अर्ब ४ करोड रुपैयाँ बराबरको १ करोड २५ लाख कित्ता शेयर किनबेच भएको छ । बुधबार ३ अर्ब ५० करोड रुपैयाँ बराबरकाे शेयर काराेबार भएकाे थियाे । आज १ सय ४७ कम्पनीको शेयर मुल्य बढेको छ । ६२ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्यमा स्थिर आएकोम छ ।
यस दिन १३ उपसमूहमध्ये बैंकिङ्ग र अन्य उपसमूहको परिसूचक घटेको छ भने बाँकी उपसमूहको परिसूचक बढेको छ। आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको ४३ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २१ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ११ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा चन्द्रागिरि हिल्स, वुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, सृजनशील लघुवित्त रहेका छन् भने बाराही हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीको ९.९७ प्रतिशतले बढेको छ ।



