images
images

बीओके र ग्लोबल बैंकको एकिकृत कारोबारको मिति तय, ३ दिन सबै बैंकिङ सेवा बन्द हुने


  • 1.1K
    SHARES
  • २०७९ पौष २१ गते बिहीबार

    बीओके र ग्लोबल बैंकको एकिकृत कारोबारको मिति तय, ३ दिन सबै बैंकिङ सेवा बन्द हुने

    काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकिकृत कारोबारको मिति तोकिएको छ । यी दुबैं बैंकले मर्जर गरेपछि  एकिकृत कारोबारको पुस २५ गतेदेखि हुने भएको हो । 

    मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक हुने भएको छ । सो नामबाट बैंकको एकिकृत कारोबार पुस २५ गतेदेखि गर्ने बैंकले जनाएको छ । यी दुबै बैंकले एकिकृत कारोबार प्रयोजनका लागि पुस २२, २३ र २४ गते बैंक अफ काठमाडूका सम्पुर्ण शाखाबाट प्रदान गरिने बैंकिङ सेवाहरु बन्द हुने समेत जानकारी गराएको छ ।

    साथै, बीओके को डेबिट कार्ड अन्तर्राष्ट्रिय कार्ड, इ–कम कार्ड, एटीएम, बुक स्मार्ट बुक क्लिकबाट हुने कारोबार समेत अवरुद्ध हुने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 


    दुवै बैंकको मङ्सिर २३ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । यी दुबै बैंक समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।


    images
    images

    Logo