images
images

आज ३ कम्पनीको साधारणसभा हुँदै, कसको के–के छन् एजेण्डा ?


  • 608
    SHARES
  • २०७९ पौष २१ गते बिहीबार

    आज ३ कम्पनीको साधारणसभा हुँदै, कसको के–के छन् एजेण्डा ?

    काठमाडौं । आज ३ वटा कम्पनीको साधारणसभा हुँदैछ ।  बिहीवार चन्द्रगिरि हिल्स, सालिङ पावर कम्पनी र हेवाखोला हाइड्रोपावरले साधारण सभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेका कम्पनीमा  चन्द्रगिरि हिल्सले चन्द्रागिरि हिल्स लिमिटेड, थानकोटमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ ।  लेखा परीक्षकको नियुक्ति गर्ने, निर्देशकहरूको निर्वाचन गर्ने लगायतका एजेण्डा राखेको छ । सो कम्पनीले यो वर्ष लगानीकर्तालाई कुनै लाभांश दिएको छैन । 


    त्यस्तै, सालिङ पावर कम्पनीले ज्वागल भोज, ललितपुरमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ ।  कम्पनीको एजेण्डामा लेखा परीक्षकको नियुक्ति गर्ने,प्रधान कार्यालयको स्थान स्थानान्तरण गर्ने,निर्देशकको नियुक्ति गर्ने लगायतको रहेको छ। 

    हेवाखोला हाइड्रोपावरले युनियन हाउस, अनामनगर, काठमाडौंमा सभा गर्न लागेको छ । सो सभा बिहान ११ बजे बस्ने कम्पनीले जनाएको छ । सो सभाकोे लेखा परीक्षकको नियुक्ति गर्ने, निर्देशकको निर्वाचन गर्ने लगायतको एजेण्डा रहेको छ ।


    images
    images

    Logo