images
images

६४ अंकले बढ्यो नेप्से, २०७ कम्पनीको शेयर मुल्य बढ्दा साढे ३ अर्बको कारोबार


  • 335
    SHARES
  • २०७९ पौष २० गते बुधबार

    ६४ अंकले बढ्यो नेप्से, २०७ कम्पनीको शेयर मुल्य बढ्दा साढे ३ अर्बको कारोबार

    काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६४.८७ अंकले बढेर २ हजार १ सय २५ दशमलव ९४ विन्दुमा पुगेको छ । बुधबार कारोबार मा आएका २ सय ५८ स्क्रिपको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ८७ लाख ३३ हजार कित्ता शेयर किनबेच भएको छ । 

    बुधबार २ सय ७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको शेयर मूल्य घटेको छ । आज कारोबारमा आएका परिसुचकका सवै  उपसुमहहरु बढेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशत बढेको छ।

    बुधबार हिमालयन डिष्ट्रीलरीको सवैभन्दा धेरै ११ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज सानिमा माइ हाइड्रोपावर कम्पनीको १० करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १० करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ९ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज ८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।यस दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन डिष्टिलरी, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, खप्तड लघुवित्त, कालिका पावर, आरएसडिसी लघुवित्त, बाराही हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर, आशा लघुवित्त रहेका छन् । 


    images
    images

    Logo