images
images

दुई क्यापिटलले पायाे नयाँ म्युचुअल फण्ड निष्काशन गर्न बोर्डबाट अनुमति


  • 612
    SHARES
  • २०७९ पौष २० गते बुधबार

    दुई क्यापिटलले पायाे नयाँ म्युचुअल फण्ड निष्काशन गर्न बोर्डबाट अनुमति

    काठमाडौं । दुई क्यापिटलले नयाँ म्युचुअल फण्ड निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसरी अनुमति पाउनेमा प्रभु स्मार्ट फण्ड र एनआइविएल सहभागिता फण्ड रहेका छन् । 

    प्रभु म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने प्रभु स्मार्ट फण्डले ८ करोड इकाई निष्काशन गर्नका लागि बोर्डले  पुस १९ गते स्वीकृति पाएको हो । यसको विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

    एनआइविएल फण्डअन्तर्गत सञ्चालनमा आउने एनआइविएल सहभागिता फण्डले १ अर्ब इकाई निष्काशन गर्नका लागि बोर्डले  पुस १७ गते स्वीकृति पाएको हो । यसको विक्री प्रबन्धकमा एनआइविएल एसीई क्यापिटल लिमिटेड रहेको छ ।

     


    images
    images

    Logo