images
images

मर्जरका लागि इन्भेष्टमेन्ट र मेगा बैंकलाई बोर्डले दियो अन्तिम स्वीकृति


  • 403
    SHARES
  • २०७९ पौष २० गते बुधबार

    मर्जरका लागि इन्भेष्टमेन्ट र मेगा बैंकलाई  बोर्डले दियो अन्तिम स्वीकृति

    काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरको लागि अन्तिम स्वीकृति दिएको छ । 

    बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धमा निर्देशिका २०७९ को दफा ८ को उपदफा चार बमोजिम स्वीकृति प्रदान गरेको हो । नेपाल राष्ट्र बैंकले पनि यी दुबै बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृति दिइसकेको छ । 

    यी दुबै बैंकले गत मंसिर २३ गते मर्जरका लागि अन्तिम सम्झौता गरेका थिए । यी बैंक १००ः९० को स्वापमा मर्ज हुने भएको छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड हुनेछ । 


    images
    images

    Logo