काठमाडौं । लगातार ३ दिन बढेको शेयर बजारमा मंगलबार भने ब्रेक लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.०३ अंकले घट्दा २ हजार ६१ दशमलव ६ विन्दुमा पुगेको छ । मंगलबार २ सय ५७ स्क्रिपको ३ अर्ब ४५ करोड रुपैयाँ बराबरको ८२ लाख २२ हजार कित्ता शेयर किनबेच भएको छ ।कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा ४ उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने बाँकी ९ उपसमूहको सूचक नकारात्मक देखिएको छ। आज १ सय ७ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय २ कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ ।
आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । बैंकको ४३ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ९ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ९ करोड १९ लाख रुपैयाँको शयर कारोबार भएको छ ।
मंगलबार श्वेत गंगा हाइड्रोपावर र धौलागिरि लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने खप्तड लघुवित्तको ९.९९ प्रतिशत, अजोड इन्स्योरेन्सको ९.९९ प्रतिशतले बढेको छ ।



