काठमाडौं । २ लघुवित्तले मर्जरका लागि सम्झैता गरेका छन् । सोमवार समता घरेलु लघुबित्त र स्वरोजगार लघुबित्त बिच मर्जर सम्झौता भएको हो ।
मर्जर सम्झौता गरेसँगै यी २ लघुवित्तकोे शेयर कारोबार रोक्का भएको छ । लघुवित्तले कम्पनीको आगामी साधारणसभा नभएसम्मका लागि कारोबार रोक्का राख्न नेप्सेलाई अनुरोध गरेको छ ।
नयाँ व्यवस्था अनुसार सर्वसाधारण शेयरधनीको कारोबार रोक्का नहुने भएपनि १ प्रतिशत भन्दा माथिका शेयरधनीको कारोबार रोक्का हुनेछ । हाल स्वरोजगारको चुक्ता पूँजी ५१ करोड ४० लाख रहेको छ भने समता घरेलुको ३४ करोड २७ लाख रुपैयाँ छ । बराबरी हैसियतमा मर्जर भएमा मर्जर पछि बन्ने कम्पनीको चुक्त पुँजी ८५ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।
समता घरेलु लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक बनेपा ७ मा रहेको छ भने स्वरोजगार लघुवित्तको केन्द्रीय कार्यालय काभ्रे बनेपा ५ मा रहेको छ ।



