images
images

एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 


  • 732
    SHARES
  • २०७९ पौष १९ गते मंगलबार

    एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन 

    काठमाडौं । एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कक्पनीले ३ करोड ४० लाख रुपैयाँ बराबरको ३ लाख ४० हजार कित्ता आईपीओ निष्काशन गरेको छ । 

    कुल निष्काशित आईपीओमध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. १०, माई जोगमाई गाउँपालिका वडा नं. ३ र ४ तथा सूर्योदय नगरपालिका वडा नं. ११ का स्थानिय बासिन्दाहरुका लागि १ लाख ३६ हजार कित्ता र अति प्रभावित क्षेत्रबाहेकको ईलाम जिल्लाका अन्य क्षेत्रहरुमा बसोबार गर्ने बासिन्दाहरुका लागि बाँकी २ लाख ४ हजार कित्ता शेयर छुट्याइएको छ। 

    सो आईपीओमा १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ। 


    images
    images

    Logo