काठमाडौं । ९ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । मंगलवार हिमालयन डिस्टिलरी, मुक्तिनाथ विकास बैंक, शवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चरएण्ड डेभलपमेन्ट कम्पनी, साधना लघुवित्त, बोट्लर्स नेपाल, बोट्लर्स तराई, गुँरास लघुवित्त र मिर्मिरे लघुवित्तले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि पुष २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुष १९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त सभामा सहभागि हुन पाउँनेछन् ।
हिमालयन डिस्टिलरीले चुक्ता पुँजीको ६० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न पुष २७ गते साधारणसभा बोलाएको छ। सो सभा प्रयोजनकोलागि पुष २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, मुक्तिनाथ विकास बैंकले पुष ३० गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.७१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ।
शिवम् सिमेन्टको कर प्रयोजनका लागि समेत १०.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारितको गर्ने भएको छ । कम्पनीले पुष २० गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चरएण्ड डेभलपमेन्ट कम्पनीले पुष २० गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यस्तै, साधना लघुवित्तको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष ३० गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनको लागि कम्पनीले पुष २० गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, बोट्लर्स नेपालले पुष २७ गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई प्रति शेयर २० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै बोट्लर्स तराइले पनि २७ गते साधारणसभा बोलाएको छ सो कम्पनीको पनि शेयरधनीहरुलाई प्रति शेयर ६० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले पुष २० गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।
गुँरास लघुवित्तले चुक्ता पुँजीको ४ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ०.२१०५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न पुष ३० गते साधारणसभा बोलाएको छ।
मिर्मिरे लघुवित्तलले पुष ३० गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।



