images
images

मर्जरको लागि धमाधम स्वीकृति दिँदै राष्ट्र बैंक, थप २ बैंकले पाए अन्तिम स्वीकृति


  • 409
    SHARES
  • २०७९ पौष १८ गते सोमबार

    मर्जरको लागि धमाधम स्वीकृति दिँदै राष्ट्र बैंक, थप २ बैंकले पाए अन्तिम स्वीकृति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरका लागि २ बैंकलाई अन्तिम स्वीकृति दिएको छ । सोमबार बसेको राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले प्रभु बैंक र सेञ्चुरी बैंकलाई मर्जरका लागि  स्वीकृति दिएको हो । 

    यी दुई बैंकबीच मंसिर २१ गते मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको थियो । सो सम्झौता अनुसार प्रभुले सेञ्चुरीलाई १ः१ रेसियोमा प्राप्ति गर्ने भएको छ । 

    मर्जरपछि बैंकको नाम प्रभु रहने भएको छ भने सीईओमा अशोक शेरचनले हुने भएका छन् त्यसैगरि  सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने डेपुटी सीईओ हुने सम्झौता भएको छ । मर्जपछि बैंकको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ पुग्नेछ । मर्जरपश्चात यी दुबै बैंकको एकीकृत कारोबार पुस मसान्तभित्र हुने बैंकले जनाएको छ ।

    यस अघि गत सातामा नेपाल इन्भेष्टमन्ट बैंक र मेगा बैंक, ग्लोबल बैंक र बैंक अफ काठमाण्डौले पनि मर्जरका लागि अन्तिम स्वीकृति पाएका थिए । 


    images
    images

    Logo