काठमाडौं । सिभिल बैंकसहित ५ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मुल्य समायोजन हुनेमा सिभिल बैंक, श्री इन्भेष्मेन्ट एण्ड फाइनान्स, पोखरा फाइनान्स, आइसिपएफसि फाइनान्स र सीवाईसी नेपाल लघुवित्त रहेको छन् ।
सिभिल बैंकले ५ प्रतिशत बोनस शेयर बापत नेप्सेले सोमबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ३८ दशमलव १० रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय ५० रुपैयाँमा भएको थियो ।
श्री इन्भेष्मेन्ट एण्ड फाइनान्सले २.४० प्रतिशत बोनस शेयर बापत नेप्सेले सोमबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय २९ दशमलव १० रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ३७ रुपैयाँमा भएको थियो ।
पोखरा फाइनान्सले ४ प्रतिशत बोनस शेयर बापत नेप्सेले सोमबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ७३ दशमलव ८ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ८८ रुपैयाँमा भएको थियो ।
आइसिपएफसि फाइनान्सले ५ प्रतिशत बोनस शेयर बापत नेप्सेले सोमबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४ सय ४५ दशमलव ७१ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय ६८ रुपैयाँमा भएको थियो ।
सीवाईसी नेपाल लघुवित्तले ३० प्रतिशत बोनस शेयर बापत नेप्सेले सोमबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ९ सय २९ दशमलव २३ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ हजार ५ सय ८ रुपैयाँमा भएको थियो ।



