काठमाडौं । १ बैंकसहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । सोमवावार सिभिल बैंक, पोखरा फाइनान्स,सिवाईसी नेपाल लघुवित्त, आईसीएफसी फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि पुष १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुष १८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त सभामा सहभागि हुन पाउँनेछन् ।
सिभिल बैंकले चुक्ता पुँजीको कर प्रयोजनका लागि समेत ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न पुष २८ गते साधारणसभा बोलाएको छ। सो सभा प्रयोजनकोलागि पुष १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, पोखरा फाइनान्सले पुष ३० गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ।
,सिवाईसी नेपाल लघुवित्तको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १.५८ प्रतिशत वितरणको प्रस्ताव पारितको गर्ने भएको छ । कम्पनीले पुष १९ गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।
आईसीएफसी फाइनान्सले पुष २९ गते साधारणसभा बोलाएको छ । उक्त बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ।
त्यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ५.२० प्रतिशत नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष २९ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनको लागि कम्पनीले पुष १९ गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।



