images
images

१७ अंक बढ्याे नेप्से, १२१ कम्पनीकाे शेयर मूल्य बढ्दा ४ अर्बमाथिकाे कारोबार


  • 371
    SHARES
  • २०७९ पौष १७ गते आइतबार

    १७ अंक  बढ्याे नेप्से, १२१ कम्पनीकाे शेयर मूल्य बढ्दा ४ अर्बमाथिकाे कारोबार

    काठमाडौं । नेपाल स्टक एक्चेञ्ज (नेप्से) १७.२६ अंकले बढेर २ हजार ४६ दशमलव २९ अंकमा पुगेको छ । साताको पहिलो दिन २ सय ६१ स्क्रिपको ४ अर्ब ४ करोड रुपैयाँ बराबरको १ करोड ८ लाख कित्ता शेयर किनबेच भएको छ । आज नेप्से परिसुचकसँगै कारोबार रकममा पनि बृद्धि भएको छ ।

    नेप्सेको कारोबार रकम पछिल्लो ५ महिना यताकै उच्च हो। यस अघि गत साउन १६ गते, नेप्से ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो। पछिल्लो समयमा नेप्से परिसूचक उकालो लागेसँगै कारोबार रकममा पनि वृद्धि हुन थालेको छ।

    १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। आज कारोबारमा आएका १ सय २१ कम्पनीको शेयर मुल्य बढेको छ । ८७ कम्पनीको शेयर मूल्य घटेको छ भने ४ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ । आज सवैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ ।  बैंकको २२ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज नेपाल टेलिकमको १९ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको १५ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन ५ कम्पनीकाे शेयर सकारात्मक सर्किट लागेकाे छ। यस दिन श्रृजनशील लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लागेकाे हाे । 


    images
    images

    Logo