images
images

कुमारी र एनसीसी बैंकको एकिकृत कारोबार आजदेखि, १५ दिन शेयर कारोबार रोक्का


  • 474
    SHARES
  • २०७९ पौष १७ गते आइतबार

    कुमारी र एनसीसी बैंकको एकिकृत कारोबार आजदेखि, १५ दिन शेयर कारोबार रोक्का

    काठमाडौं ।  कुमारी र एनसीसी बैंकले आजदेखि एकिकृत कारोबार सुरु गर्दैछन् । कुमारी र एनसीसी बैंकले मर्जर गरेपछि एकिकृत कारोबार आजदेखि सुरु गर्न लागेका हुन् । 

    यी दुबै बैंकले एकिकृत कारोबार प्रयोजनका लागि पुस १५ र १६ गते बैंकका सम्पुर्ण सेवाहरु बन्द गरेका थिए । यी दुबै बैंकले गत असोज १० गते मर्जर सम्झौता गरेका थिए। दुबै बैंकले समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने सहमति गरेका छन् ।

    नेपाल राष्ट्र बैंकले यी दुबै बैंकलाई मर्जरका लागि पुस ९ गते अन्तिम स्वीकृति प्रदान गरेकाे थियाे ।  मर्जर भएपश्चात् सो बैंकको चुक्ता पूँजी २६ अर्वभन्दा बढी हुनेछ । निक्षेप ३ खर्ब रुपैयाँ र कर्जा २ खर्ब हुनेछ ।

    मर्जर पश्चात बैंकको केन्द्रिय कार्यालय हाल कुमारी बैंकको केन्द्रिय कार्यालय रहेको स्थान काठमाडौं टंगालमा नै रहने बैंकले जनाएको छ । 

    साथै आजदेखि १५ दिन यी दुबै बैंकको शेयर कारोबार रोक्का हुने भएको छ । आजदेखि सो बैंकले  एकीकृत कारोबार गर्ने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि आजदेखि१५ दिन कारोबार बन्द अुने बैंकले जनाएको छ। 

     


    images
    images

    Logo