काठमाडौं ।नेपाल टेलिकमसहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । आइतवार नेपाल टेलीकम, नबिल बैंक, महालक्ष्मी बैंक, सिद्धार्थ इन्स्योरेन्स, बुटवल पावर कम्पनी र पाँचथर पावर कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।
यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि पुष १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुष १७ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त सभामा सहभागि हुन पाउँनेछन् ।
नेपाल टेलीकमले चुक्ता पुँजीको कर प्रयोजनका लागि समेत ४० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न पुष २८ गते साधारणसभा बोलाएको छ। सो सभा प्रयोजनकोलागि पुष १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, नबिल बैंकले पुष २९ गते साधारणसभा बोलाएको छ । उक्त बैंकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ।
महालक्ष्मी विकास बैंकको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ६.४७ प्रतिशत वितरणको प्रस्ताव पारितको लागि पुष २९ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले पुष १८ गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।
सिद्धार्थ इन्स्योरेन्स पुष २९ गते साधारणसभा बोलाएको छ । उक्त बैंकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ।
त्यस्तै, बुटवल पावर कम्पनीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७.५ प्रतिशत नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष ३० गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले पुष १८ गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै, पाँचथर पावर कम्पनीको ७ प्रतिशत नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष १८ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनको लागि कम्पनीले पुष १८गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।
यस अनुसार पुष १७ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।



