images
images

४ कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मुल्य ? 


  • 436
    SHARES
  • २०७९ पौष १४ गते बिहीबार

    ४ कम्पनीको शेयर मूल्य समायोजन, यस्तो छ समायोजित मुल्य ? 

    काठमाडौं । चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन हुनेमा फस्र्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, कालिका पावर र आरएसडीसी रहेका छन् ।  

    फस्र्ट माइक्रोफाइनान्सले १९ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ६ सय ४१ दशमलव ९ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ७ सय ६२ दशमलव ९० रुपैयाँमा भएको थियो । 

    त्यस्तै, फरवार्ड माइक्रोफाइनान्सले २५ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ९ सय ४ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ हजार ३ सय ८० रुपैयाँमा भएको थियो ।

    कालिका पावरले १५ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ३५ दशमलव १३ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ३ सय ८५ दशमलव ४० रुपैयाँमा भएको थियो । 

    त्यस्तै,  आरएसडीसीले ८ प्रतिशत बोनस शेयर बापत नेप्सेले विहीबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ५ सय २५ दशमलव ८३ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ५ सय ६७ दशमलव ९० रुपैयाँमा भएको थियो । 


    images
    images

    Logo