images
images

कुमारी बैंकको शेयर कारोबार १५ दिन रोक्का हुने


  • 556
    SHARES
  • २०७९ पौष १४ गते बिहीबार

    कुमारी बैंकको शेयर कारोबार १५ दिन रोक्का हुने

    काठमाडौं । कुमारी बैंकको शेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेके हो । 

    नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जरमा गई पुस १७ गतेबाट एकीकृत कारोबार हुने भएकोले शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि पुस १७ गतेदेअि १५ दिन कारोबार बन्द हुन लागेको बैंकले जनाएको छ।

    मर्जर पश्चात कुमारी बैंकको नामबाट पुस १७ गतेदिेखि एकिकृत कारोबार अुने भएको छ । सोशि प्रयोजनका लागि दुबै र्बैकको शेयर कारोबार पुस १७ गतेदेखि १५ दिन बन्द हुने बैंकले जनाएको छ । 

    धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ मा भएको ब्यबस्था छ ।

    उक्त निर्देशिकाको दफा ९ मा  एकीकृत व्यवसायिक कारोवार गरेको मितिबाट गाभ्नेर गाभिने वा प्राप्तिको हकमा लक्षित संस्थाको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण प्रयोजनको लागि बढीमा १५ कार्य दिनसम्म शेयर कारोवार रोक्का राख्नु पर्ने ब्यबस्था छ। सोही व्यवस्था बमोजिम बैंकको शेयर कारोबार १५ दिन रोक्का हुने भएको हो । 


    images
    images

    Logo