images
images

एभरेष्ट बैंकको ऋणपत्र पुस २५ गतेदेखि


  • 874
    SHARES
  • २०७९ पौष १४ गते बिहीबार

    एभरेष्ट बैंकको ऋणपत्र पुस २५ गतेदेखि

    काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र पुस २५ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो।

    कुल निष्काशन भएको कित्तामध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट र८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिने भएको छ। सर्वसाधारणका लागि निष्काशन गरिएको ऋणपत्रमध्ये ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले जनाएको छ । 

    उक्त ऋणपत्र ७.५० प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको लागि निष्काशन गरिएको हो । सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। 

    यस्तो निष्काशन बन्द छिटोमा पुस २९ गते हुनेछ भने ढिलोमा माघ ९ गते हुनेछ। ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।


    images
    images

    Logo