काठमाडौं । प्रभु बैंकसहित ४ कम्पनीको साधारणसभा आज हुँदैछ । बिहीवार प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक, मिडिल तमोर हाइड्रो र बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेडले साधारण सभा गर्न लागेका हुन् ।
सभा घोषणा गरेका कम्पनीमा प्रभु बैंकले याक प्यालेस, पुल्चोक, ललितपुर बिहान ११ः३० बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले २५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ ।
त्यस्तै, सेञ्चुरी कमर्सियल बैंकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान ९ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा मर्जर सम्बन्धित शेयर स्वाप रेसियो अनुपात १ः१ को अनुमोदन गर्ने, कम्पनीले ३ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागिसमेत १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने, लगायतका रहेका छन् ।
मिडिल तमोर हाइड्रो अकामा होटल, धुम्बाराहीमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । यो कम्पनीले लगानीकर्तालाई कुनै लाभांश दिएको छैन । कम्पनीको वित्तीय हाइलाइटहरू प्रस्तुत गर्ने, लेखा परीक्षकको नियुक्ति लगायतका एजेण्डा राखेको छ ।
बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले कम्पनीको कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा दिउसो ३ बजे बस्नेगरि सभा बोलाएको छ । उक्त सभाले कम्पनीले प्रस्ताव गरेको १४.७० नगद लाभांश पारित गर्ने लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा पारित गर्नेछ



