images
images

३ बैंकसहित ४ कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?


  • 293
    SHARES
  • २०७९ पौष १३ गते बुधबार

    ३ बैंकसहित ४ कम्पनीको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

    काठमाडौं ।  चार कम्पनीको शेयर मूल्य समायोजन भएको छ । मुल्य समायोजन हुनेमा एचआडीसीएल, मितेरी डेभलपमेन्ट बैंक, नेपाल बैंक र प्राइम बैंक रहेका छन् । 

    एचआडीसीएलले ५ प्रतिशत बोनस शेयर बापत नेप्सेले बुधबार शेयर मुल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ सय ७७ दशमलव १४ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार १ सय ८६ रुपैयाँमा भएको थियो ।

    मितेरी डेभलपमेन्ट बैंकले १२.३५ प्रतिशत बोनस शेयर बापत नेप्सेले बुधबार शेयर मुल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ३ सय ६४ दशमलव ९३ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४ सय १० रुपैयाँमा भएको थियो ।

    नेपाल बैंकले २ प्रतिशत बोनस शेयर बापत नेप्सेले बुधबार शेयर मुल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय ८० दशमलव ८८ रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय ८६ दशमलव ८० रुपैयाँमा भएको थियो ।


    प्राइम बैंकले ४ प्रतिशत बोनस शेयर बापत नेप्सेले बुधबार शेयर मुल्य समायोजन गरेको छ । समायोजन पछि सो कम्पनीको शेयर मुल्य २ सय २० दशमलव १० रुपैयाँ कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार २ सय २८ दशमलव ९० रुपैयाँमा भएको थियो ।


    images
    images

    Logo