काठमाडौं । माण्डु हाइड्रोपावरले आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ । आईपीओ निष्काशनको लागि कम्पनीले पुस ११ गते बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ सय ४८ प्रिमियम थपेर प्रतिकित्ता २ सय ४८ रुपैयाँमा १६ लाख ३६ हजार ३ सय ७० कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।