images
images

कसरी हुँदैछ भागबन्डा ?


  • 540
    SHARES
  • २०७९ पौष १३ गते बुधबार

    कसरी हुँदैछ भागबन्डा ?

    काठमाडौं । एमाले नेतृत्वको नयाँ गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने पनि धेरै महत्वपूर्ण पदको भागबन्डा बाँकी नै छ। यद्यपि, राष्ट्रपति र सभामुख एमालेले पाउने ‘भद्र’ सहमति भएको छ।

    प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने भएका छन्। यीसहित राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन्। 

    दाहालले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। एमाले उपमहासचिव विष्णु रिमालले मन्त्रिपरिषद्ले एक हप्ताभित्र पूर्णता पाउने बताए। एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान एवं अर्थमन्त्री, माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री र रास्वपाबाट रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री बनिसकेका छन्।

    यस्तै एमालेबाट तीन र जनमतबाट एकजना मन्त्री नियुक्त भइसकेका छन्। यी मन्त्रीको कार्यभार तोकिएको छैन।

    सभामुख र उपसभामुख माघ १० भित्र 

    सभामुख र उपसभामुखको चयन माघ १० गतेभित्र हुने भएको छ। सरकारको सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुस दिउँसो १ बजे बस्ने गरी संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्। पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्नेछ। 

    राष्ट्रपति को ?

    राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन पनि माघभित्रै सक्नुपर्नेछ। राष्ट्रपति भण्डारीको कार्यकाल २०७९ फागुन २९ गते सकिँदै छ। कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन हुने गरी मिति तय गर्नुपर्ने व्यवस्था छ। त्यो व्यवस्थाअनुसार माघ २९ गतेभित्र नै राष्ट्रपति र उपराष्ट्रपति छानिसकिने छन्। 

    एमालेले पाउने भएपछि को हुन्छ राष्ट्रपति भन्ने चर्चा सुरुवात भएको छ। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतका नेताको राष्ट्रपतिमा चर्चा छ। उपराष्ट्रपति भने माओवादी केन्द्रले पाउनेछ। 


    images
    images

    Logo