images
images

३ बैंकसहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम


  • 584
    SHARES
  • २०७९ पौष १३ गते बुधबार

    ३ बैंकसहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम

    काठमाडौं । ३ बैंक सहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । प्राइम बैंक, नेपाल बैंक, मितेरी डेभलपमेन्ट बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

    यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि पुष १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुष १३ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त सभामा सहभागि हुन पाउँनेछन् ।

    प्राइम बैंकले चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४.९५ प्रतिशत  नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न पुष २८ गते साधारणसभा बोलाएको छ। सो सभा प्रयोजनकोलागि पुष १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    त्यसैगरी, नेपाल बैंकले  पुष २९ गते साधारणसभा बोलाएको छ । बैंकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको २ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

    मितेरी डेभलपमेन्ट बैंकको १२.३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.६५ प्रतिशत वितरणको प्रस्ताव पारितको लागि पुष २७ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले पुष १४ गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ०.२५६ प्रतिशत  नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष २६ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले पुष १४ गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।

    यस अनुसार पुष १३गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।

     


    images
    images

    Logo