काठमाडौं । नेप्सेले २ कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले पुस १२ गतेको निर्णय अनुसार प्रभु लाइफ इस्योरेन्स र सेन्ट्रल फाइनान्सको कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।
नेप्सेले प्रभु लाइफ इस्योरेन्सकाे आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । प्रभु लाइफ इस्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जरमा जाने सम्झौता गरेसँगै सो इसयोरेन्स कम्पनीको शेयर कारोबार रोक्का भएको थियो ।
यस निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने ब्यबस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ बमोजिम बैंकको शेयर कारोबार फुकुवा भएको हो ।
त्यस्तै, सेन्ट्रल फाइनान्सले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धी पत्र नेप्सेमा कारोबार समयमा पठाएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम कम्पनीको शेयर रोक्का राखेको थियो ।
नेप्सेले कम्पनीलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भनेकोमा यी दुवै कम्पनीले सो समयभित्र स्पष्टिकरण पेश गरेकोमा नेप्सेले आगामी दिनमा यस्तो गल्ती नदोहोर्यान सचेत गराउँदै कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ ।



