images
images

सेयर बजारमा उत्साह कायमै, ५९ अंकले बढ्दा ३ अर्ब ८८ करोडको कारोबार  


  • 354
    SHARES
  • २०७९ पौष १२ गते मंगलबार

    सेयर बजारमा उत्साह कायमै, ५९ अंकले बढ्दा ३ अर्ब ८८ करोडको कारोबार  

    काठमाडौं । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको दोस्रो दिन मंगलबार पनि सेयर बजारमा उत्साह देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.८७ अंकले बढेर १ हजार ९ सय ८३ दशमलव ९५ विन्दुमा पुगेको छ । आज २ सय ६१ स्क्रिपको ३ अर्ब ८८ करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर किनबेच भएको छ । 

    मंगलबार कारोबारमा आएका २ सय २ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ भने २ कम्पनीको शेयर मुल्यमा स्थिर आएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिनको कारोबार रकम गत साउन १८ गते यताकै उच्च हो। सो दिन नेप्सेमा ४ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियो। 

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। बजार बढेसँगै आज सबैभन्दा धेरै शेयर कारोबार गर्ने कम्पनीमा लक्ष्मी बैंक रहेको छ । बैंकले आज २० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार गरेको छ भने नेपाल दुरसञ्चार कम्पनीले १४ करोड २ लाख रुपैयाँको शेयर कारोबार गरेको छ ।

    साथै आज हिमालयन डिष्टिलरीको १२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी नबिल बैंक लिमिटेडले ११ करोड ३२ लाख रुपैयाँको शेयर काराबार गरेको छ ।आज ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भने ५ कम्पनीमा सर्किट मात्रै लागेको छ । 

    सकारात्मक सर्किट लाग्नेमा सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, श्रृजनशील लघुवित्त र कालिका पावर रहेका छन्  भने यस बाहेक तेह्रथुम पावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र हाइड्रोइलेक्ट्रिसिटी एण्ड डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।


    images
    images

    Logo