images
images

वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बारे जानकारी दिन सहायककक्षा सञ्चालन


  • 395
    SHARES
  • २०७९ पौष १२ गते मंगलबार

    वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बारे जानकारी दिन सहायककक्षा सञ्चालन

    काठमाडौं । वैदेशिक रोजगारीमा रहेकालाई प्रारम्भिक सार्वजनिक (आईपीओ) जानकारी प्रदान गर्न सहायताकक्ष सञ्चालनमा ल्याएको छ ।  नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेकालाई आइपीओमा १० प्रतिशत आरक्षणको व्यवस्था गरेको छ । 

    ‘हरेक नेपाली शेयरधनी’ अभियान अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बारे जानकारी प्रदान गरी सहजीकरण गर्नका लागि क्यापिटलले सहायताकक्ष संचालनमा ल्याएको जनाएको छ ।

    यस्ताे छ आइपीओमा वैदेशिक राेजगारीमा रहेकाले आवेदन दिन पुरा गर्नुपर्ने मापदण्डहरु :

    १) नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक मार्पmत आफ्नो नाममा वैदेशिक रोजगारी विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नु पर्ने छ । 
    २) सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट अनुमति प्राप्त निक्षेप सदस्य (डिपि) मार्पmत आफ्नो नाममा हितग्राही (डिम्याट) खाता खोल्नु पर्नेछ ।  
    ३) नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरी विप्रेषण (रेमिट्यान्स) बचत खाताको लागि बैंक मार्फत सिआश्वा रजिष्ट्रेशन नम्बर  लिनु पर्नेछ ।

    ४) आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा पचास हजार रुपैयाँ आफू रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनु पर्ने छ । आवेदकले सार्वजनिक निष्काशन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन् ।

     


    images
    images

    Logo