images
images

२ बैंकको एकिकृत कारोबार पुस १७ गतेदेखि


  • 656
    SHARES
  • २०७९ पौष १२ गते मंगलबार

    २ बैंकको एकिकृत कारोबार पुस १७ गतेदेखि

    काठमाडौं ।  २ बैंककोको एकिकृत कारोबार पुस १७ गतेदेखि हुने भएको छ । कुमारी र एनसीसी बैंकले मर्जर गरेपछि एकिकृत कारोबार पुस १७ गतेदेखि गर्ने भएका हुन् । 

    दुबै बैंकले मर्जरको सम्पुर्ण प्रकृयाँ पुरा गरिसकेका छन् । मर्जर पछि पुस १७ गतेदेखि कुमारी बैंक नामबाट एकिकृत कारोबार हुने भएको छ । दुबै बैंक समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् ।

    नेपाल राष्ट्र बैंकले यी दुबै बैंकलाई मर्जरका लागि पुस ९ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ ।  मर्जर भएपश्चात् सो बैंकको चुक्ता पूँजी २६ अर्वभन्दा बढी हुनेछ । मर्जर पश्चात बैंकको केन्द्रिय कार्यालय हाल कुमारी बैंकको केन्द्रिय कार्यालय रहेको स्थान काठमाडौं टंगालमा नै रहने बैंकले जनाएको छ । 

    मर्जर पश्चात बैंकको केन्द्रिय कार्यालय हाल कुमारी बैंकको केन्द्रिय कार्यालय रहेको स्थान काठमाडौं टंगालमा नै रहने बैंकले जनाएको छ । 

    साथै दुबै बैंकको एकिकृत कारोबार पुस १७ गतेदेखि नै सुरु गर्ने भएकाले डाटा माइग्रेसन प्रयोजनका लागि पुस १५ र १६ गते सार्वजनिक विदाका दिन दुबै बैंकद्वारा आफना विभिन्न शाखाबाट प्रदान गर्दै आइरहेको बैंकिङ सेवा बन्द हुने समेत बैंकले जनाएको छ । 


    images
    images

    Logo