काठमाडौं । आईपीओ निष्काशन गर्न २ कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्काशनका लागि सोमबार बोर्डको अनुमति पाएको हो । अनुमति पाउनेमा मकर जितुमाया सुरी हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड रहेको छन् ।
मकर जितुमाया सुरी हाइड्रोपावरले २२ करोड ८० लाख बराबरको २२ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आईपिओ निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
त्यस्तै सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ हजार २ सय ५० कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
यी दुवै कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न अनुमति पाएका हुन् ।



