काठमाडौं । २ लघुवित्तले मर्जरका लागि सम्झैता गरेका छन् । सोमवार नेरुडे लघुबित्त र मिर्मिरे लघुबित्त बिच मर्जर सम्झौता भएको हो ।
सो सम्झौता पत्रमा मिर्मिरे लघुवित्तको तर्फबाट अध्यक्ष टेक बहादुर बोहरा र नेरुडे लघुवित्तको तर्फबाट अध्यक्ष डा. भेषराज धमलाले हस्ताक्षर गरेका छन् ।
दुई संस्थाबीच १ः१ को अनुपात मा मर्जरमा जाने सहमति भएको छ । मर्जरपछि भन्ने लघुवित्तको नाम मेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था रहेको सहमति भएको छ ।
नेरुडे लघुवित्तको केन्द्रीय कार्यालय बिराटनगरमा रहेको छ भने मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।