images
images

२ वाणिज्य बैंकसहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका 


  • 569
    SHARES
  • २०७९ पौष १२ गते मंगलबार

    २ वाणिज्य बैंकसहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका 

    काठमाडौं । २ वाणिज्य बैंक सहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, लुम्बिनी विकास बैंक, राधी विद्युत कम्पनी र विन्धवासिनी हाइड्रोपावर कम्पनीले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । 

    यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि पुष १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ पुष १२ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त सभामा सहभागि हुन पाउँनेछन् ।

    सिद्धार्थ बैंकले चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.६६ प्रतिशत  नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न पुष २८ गते साधारणसभा बोलाएको छ। सो सभा प्रयोजनकोलागि पुष १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    त्यसैगरी, नेपाल एसबीआई बैंकले  पुष २५ गते साधारणसभा बोलाएको छ । सो साधारणसभा आर्मि अफिसर्स क्लब भद्रकालिमा बिहान ११ बजे हुनेछ । उक्त बैंकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको ७.५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ। 

    लुम्बिनी विकास बैंकको ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ३ प्रतिशत वितरणको प्रस्ताव पारितको लागि पुष २६ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले पुष १३ गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ०.२५ प्रतिशत  नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष २८ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनकोलागि कम्पनीले पुष १३ गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।

    त्यस्तै,  प्रोगेसिभ फाइनान्स कम्पनीलको ५ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ०.०२६३२ प्रतिशत  नगद लाभांश वितरणका प्रस्ताव पारितको लागि पुष २२ गते साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनको लागि कम्पनीले पुष १३ गते शेयरधनी किताबखाता बन्द गर्ने निर्णय गरेको छ ।

    यस अनुसार पुष १२ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।


    images
    images

    Logo