काठमाडौं । दुई कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले पुस ११ गतेको निर्णय अनुसार मल्टीपर्पस फाइनान्स र कालिका पावर कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।
यी दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धी पत्र नेप्सेमा कारोबार समयमा पठाएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम दुवै कम्पनीको शेयर रोक्का राखेको थियो ।
नेप्सेले दुवै कम्पनीलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भनेकोमा यी दुवै कम्पनीले सो समयभित्र स्पष्टिकरण पेश गरेकोमा नेप्सेले आगामी दिनमा यस्तो गल्ती नदोहोर्यान सचेत गराउँदै दुवै कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको हो ।