images
images

नयाँ सरकारलाई शेयर बजारको ‘वेलकम’, ५६ अंकको उछाल 


  • 314
    SHARES
  • २०७९ पौष ११ गते सोमबार

    नयाँ सरकारलाई शेयर बजारको ‘वेलकम’, ५६ अंकको उछाल 

    काठमाडौं । नयाँ सरकार गठनसँगै शेयर बजार रिसूचक नेप्सेमा उछाल आएको छ । साताको पहिलो कारोबार भएको दिन आज सोमबार बजार परिसूचक ५६ अंकले बढेको हो । योसँगै नेप्से १ हजार ९ सय २४ दशमलव ७ अंकले बढेको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ।

    सोमबार २ सय ५० स्क्रिपको २ अर्ब ९ करोड रुपैयाँ बराबरको ५६ लाख ५३ हजार कित्ता शेयर किनबेच भएको छ । आज २ सय ३ कम्पनीको शेयर मूल्य बढेको छ । ४ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको शेयर मूल्यमा स्थिर आएको छ । यस दिन अन्य उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ।

    जसमध्ये फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ६.५२ प्रतिशत बढेको छ। त्यसैगरी, जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको २० करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ११ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ९ करोड ११ लाखको शेयर कारोबार भएको छ ।

    यस दिन आधा दर्जनभन्दा बढी स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गोर्खाज फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, श्रृजनशील लघुवित्त, रिलायन्स फाइनान्स, हिमालयन पावर वार्टनर र घलेम्दी हाइड्रोको शेयर  सर्किट लागेकाे हाे । 

    आइतबार साँझ पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नयाँ प्रधानमन्त्री नियुक्त गरिएकाे हाे। यससँगै नयाँ सरकार बन्न थालेको छ। यस दिन दलहरुबीच मन्त्रालयको विषयमा छलफल भइरहेको छ।


    images
    images

    Logo