images
images

सातामा १५.३९ अंक घट्यो नेप्से, आगामी साता के होला ?


  • 326
    SHARES
  • २०७९ पौष ९ गते शनिबार

    सातामा १५.३९ अंक घट्यो नेप्से, आगामी साता के होला ?

    काठमाडौं ।  यो साता सेयर बजारको परिसूचक नेप्से १५.३९ अंक घटेर १ हजार ८ सय ६७ दशमलव २१ विन्दुमा पुगेको छ । साताका ५ कारोबार दिनमध्ये ३ कारोबार दिन बजार ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो ।  यस साताको सोमबार र मंगलबार नेप्से परिसूचक बढेको थियो।

     यस साता नेप्सेसँगै कुल बजार पूँजीकरण पनि घटेको छ। गत साता २७ खर्ब २१ अर्ब रहेको नेप्सेको कुल बजार पूँजीकरण यस साता २१ अर्ब रुपैयाँ घटेर २७ खर्बमा सीमित भएको छ। साताको पहिलो दिन आइतबार परिसूचक नेप्से २७ अंकले घटेर १ हजार ८ सय ५५ दशमलव ०६ अंकमा पुगेको थियो। सो दिन १ अर्ब १५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, साताको दोस्रो दिन ३.८३ अंकले बढेर १ हजार ८ सय ५८ दशमलव ८९ बिन्दुमा पुगेको थियो । सो दिन ८८ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । त्यस्तै, साताको तेस्रो दिन मंगलबार १४.२२ अंकले बढेर १ हजार ८ सय ७३ दशमलव ११ अंकले पुगेको थियो । सो दिन  ९३ करोड ८ लाख रुपैयाँ  बराबरको शेयर कारोबार भएको थियो । 

    त्यस्तै, शेयर बजारको उत्साह बुधबार टिक्न सकेको थिएन् । पछिल्ला दुई कारोबार दिन बढेको बजार, बुधबार पुनः घटेर बन्द भएको थियो । सो दिन ५.८९ अंकले घटेर  सो अंकले सुधार हुँदा १ हजार ८ सय ६७ दशमलव २२ विन्दु पुगेको थियो । सो दिन ८६ करोड ३८ लाख रुपैयाँमा कारोबार सिमित भएको थियो । साताको अन्तिम दिन अथात् बिहीबार ०.०१ प्रतिशतले घटेर १ हजार ८ सय ६७ दशमलव २१ विन्दु पुगेको थियो । सो दिन १ अर्ब ११ करोड रुपैयाँमा कारोबार सिमित भएको थियो । 

    नेप्सेमा यस साता दुई कम्पनीको कुल ३८ लाख ४१ हजार २ सय कित्ता शेयर सूचीकृत भएको छ। यस साता मिर्मिरे लघुवित्त वित्तीय संस्था र नेपाल क्रेडिट एण्ड कमर्श बैंकको शेयर नेप्सेमा सूचीकृत भएको हो।

     


    images
    images

    Logo